तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पुँजीगत खर्च शून्य

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ रु ६३ करोड ५३ लाख र पूँजीगततर्फ रु ११ करोड ४३ लाख गरी कूल ७४ करोड ९७ लाख रहेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान रु दुई ५३ करोड ७६ लाख (चार दशमलव ४७ प्रतिशत) र वैदेशिक अनुदान रु चार अर्ब ९४ करोड दुई लाख (आठ दशमलव ६९ प्रतिशत) रहेको छ ।

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

प्रतिक्रिया