पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौँ- विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

चन्द्रपुरमा लागुऔषध नियन्त्रण अभियानः १० जनामाथि मुद्दा

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मा…

प्रतिक्रिया