बागलुङमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने
पोखरा : गण्डकी प्रदेश सरकारले ३ स्थानमा औद्योगिक क्षेत्र बनाउने सम्भाव्यता अध्ययन गर्ने भएको छ । नेपाल सरकारसँगको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा आद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन भएको छ । यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा पोखरेलले यसलाई समावेश गरेका हुन् ।
प्रदेश सरकारले लौहादी फलाम खानीमा लगानी गर्ने भएको छ । प्राकृतिक स्रोत तथा ढुंगाा, गिट्टी, बालुवा उत्खननलाई नियमन गरिने मुख्यमन्त्री पोखरेलले बताए । नेपाल सरकारसँगको समन्वयमा बागलुङको व्युँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने पोखरेलले बताए । पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरी बसपार्क निर्माण प्रारम्भ गरिने पोखरेलले जनाए ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया