कतै चट्याङसहित हल्का वर्षा, कतै हावाहुरी चल्ने

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया