प्रदेशवासीलाई कोभिडविरुद्ध खोप लगाउन बागमतीको दुई अर्ब बजेट

काठमाडौँ : बागमती प्रदेश सरकारले प्रदेशवासी नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा तथा योजना कैलाशकुमार ढुंगेलले यस्तो जानकारी दिएका हुन् ।
यसलाई प्रदेश प्रमुख कोभिड-१९ खोप कार्यक्रम नाम दिइएको छ । ढुंगेलले भने, 'कोभिड-१९ विरुद्धको खोपमा प्रदेशवासीको खोपको पहुँच बढाउन 'प्रदेश प्रमुख कोभिड-१९ खोप कार्यक्रम'मार्फत संघीय सरकारको समन्वयमा सबै प्रदेशवासीको खोपका लागि दुई अर्ब बजेटको व्यवस्था गरिनेछ ।'
कोभिड रोकथाम र उपचार गर्न आवश्यक पूर्वाधार, मेसिनरी, औषधि, खोपलगायत विषयलाई केन्द्रमा राखी आवश्यक बजेट व्यवस्था मिलाएको उनले जानकारी दिए । प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी सञ्चालन गरिने उल्लेख छ ।
ढुंगेलले भने,'अस्पतालहरूमा बेडको संख्या वृद्धि गर्न आइसियु, एचडियु, पिआरसियु र भेन्टिलेटरका लागि बजेट व्यवस्था छ । कोभिड-१९ को उपचारमा जनशक्तिको अभाव हुन नदिन आवश्यक चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीलाई सेवा करारमा लिने व्यवस्था मिलाइएको छ । प्रदेशमातहत तथा स्थानीय तहका सार्वजनिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूका सीप र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ ।'

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया