हेटौंडा बसपार्कमा युवामाथि खुकुरी प्रहार, गम्भीर घाइते

हेटौंडा- हेटौंडा बसपार्कमा शनिबार बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका- १६ महेन्द्रनगर बस्ने वर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका- ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्याङ डेरा गरी बस्ने वर्ष २० को समिर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले कुँवरमाथि खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई खुकुरीसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेलम्बुमा प्रभावकारी बन्दै मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

भोटेकोसीमा बाढी, सतर्क रहन आग्रह

प्रतिक्रिया