सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौँ- आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । ५१ रन बनाएर आसिफ आउट भएका छन् ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको छ ।