'हाम्रो जंगलमा डढेलो हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ'

काठमाडौँ- देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।
केही दिन यता काठमाडौँ लगायत देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
बढ्दो वायु प्रदूषण र यसले बालबालिकादेखि आमनागरिकमा ल्याएको स्वास्थ्य जटिलता, देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।
पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर जवाफदेहिता र बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेपाल समाजवादी पार्टीका नेतृ मानुषी यमी भट्टराईले बताइन् । स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरूले 'नेता बस्छन् एसीमा, जनता धुलो धुवाँमा', 'हाम्रो जंगलमा डढेलो हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ' जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया