नेपालसँग हार्यो वेस्ट इन्डिज 'ए'

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ६ विकेटले पराजित गरेको हो ।
यससँगै वेस्ट इन्डिज 'ए' ले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ । यसअघि नेपालले पहिलो खेल जिते पनि लगातार तीन खेलमा पराजय भोगेको थियो ।
शनिबारको खेलमा १ सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आशिफ शेखले ५१ रन बनाए । अनिल साहले ५८ रनको योगदान गरे । कुशल मल्लले ३७ रन बनाए ।
वेस्ट इन्डिज 'ए' का लागि ओवेड म्याककोयले ३ विकेट हात पारे । म्याथ्यु फोर्डले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।
वेस्ट इन्डिज 'ए' का लागि कप्तान रोस्टन चेजले ३३ रन तथा जोनसन चार्ल्सले २४ रन बनाए । म्याथ्यु फोर्डले २३ रन तथा एलिस अथानेजले ४२ रन जोडे ।
नेपालका लागि सागर ढकालले ३ तथा सोमपाल कामीले ३ र अविनाश बोहराले १ विकेट हात पारे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया