ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौँ - स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल अघि नै रियल म्याड्रिड ला लिगाको उपाधि जितेको हो ।
गएराति सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेसँगै रियल म्याड्रिडको लिगको उपाधि जित सुनिश्चित भएको हो ।
गएराति नै सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० ले पराजित गरेको थियो ।
ला लिगामा रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ३४ खेलमा ७४ अंक रहेको छ ।
४ खेल खेल्न बाँकी हुँदै रियल म्याड्रिडले १३ अंकको अग्रता बनाएपछि जित सुनिश्चित बनेको हो ।
योसँगै रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब हो । उसले पछिल्लो पटक २०२१-२२ सिजन जितेको थियो ।
त्यस्तै बार्सिलोनाले अहिलेसम्म २७ पटक यो उपाधि जितेको छ भने एटलेटिको म्याड्रिडले ११ पटक लिग जितेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया