ग्वार्कोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते, तीन बालबालिकाको अवस्था गम्भीर

काठमाडौँ - ललितपुरको ग्वार्कोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ मा मोबिल राखिएको टहरोमा आइतबार आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।
घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपा गिरी, १५ वर्षीय छोरा नित गिरी, आठ वर्षीया छोरी प्रिया गिरी र तीन वर्षीया छोरी एलिसा गिरी रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको सुवेदीले बताए ।
आगो निभाउन पाँच दमकल प्रयोग गरिएको थियो । अहिले आगो नियन्त्रणमा लिइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया