शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

काठमाडौँ- कीर्तिपुरमा बस दुर्घटना भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो । दुर्घटनामा एक जना यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दुर्घटनामा ४२ वर्षीय डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

प्रवक्ता  मैनालीका अनुसार घाइतेहरूको ट्रमा सेन्टरमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।