’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौँ- नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनसको रूपमा स्थापित टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।
नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरूलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाको साथ साथै हरेक हप्ता सय प्रतिशत क्यास ब्याक, sure–shot क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मूल्यांकन, र बजारकै सबै भन्दा कम EMI तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराएको थियो ।
योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन्। त्यसै गरी, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा सय प्रतिशत क्यास ब्याक प्राप्त गरेका छन् भने रामबहादुर राणाले रेडरको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन् ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ ।

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक
_CpoRN34Zy7_smd1ss7xujbqreyejscevazyx5tvcayyd49lhnwxtxw64qbk9pwfmiedyijb_MU5BpkyNcn_thl9grnphvewyxk6uwezzhhehyd83ujf1acsnxhoaecguylhg5d4mrnntiwq.jpg)
चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया का…
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_Dc22bh8WEx_bdydbwuy7tuvccjeohgenpmuwflwrfmzhg5biiwjrhpq2rtalin8zitch4if.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_gV0gVTl4cp_pn9k6laj2xv5wr1jbj0iatceo4x6sb3lwjrd46ipvxoynpbbvhtigizvmryd.png)
ट्रायम्फ नेपालले गर्यो बुटवलमा आधिकारिक सोरुमको शुभारम्भ
_ThhoiRRTRv_l6jqczw4qtxkvxzyhjdtvc8kucvr3dfj45pjcruvcnlkple6nemujagxynlg_DHcFDncwlR_0lgyptd3k75ht7pbmc7trcua1x2jqru77vcy3esonflevi8lp4dwmll61wpe.jpg)
के बीवाईडी ईभी किन्ने यो उपयुक्त समय हो ? देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको …

प्रतिक्रिया