पदीय मर्यादा र विश्वविद्यालयको स्वायत्तताको सम्मान गर्न पूर्वउपकुलपतिहरूको आग्रह

काठमाडौँ : पूर्वउपकुलपतिलहरूले पदीय मर्यादा र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतका निकायहरूलाई विधिअनुरुप काम गर्न दिन सरकारसँग माग गरेका छन् । १२ पूर्वउपकुलपतिहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका हुन् ।
झापास्थित बीएडन्सी मेडिकल कलेजलाई अवैध प्रक्रियाबाट सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय र आयोगको स्वायत्ततामा पटक/पटक हस्तक्षेप गर्दै आएकोले त्यसो नगर्न उनीहरूले आग्रह गरेका हुन् ।
‘काठमाडौं विश्विद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बीएडन्सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्साशिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एवं कानुनी राजको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई आइतबार सम्बन्धन दिने सिफारिस निर्णयमा हस्ताक्षर गर्न वा पद छाड्न प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले धम्की दिएका थिए । ‘डा. श्रीकृष्ण गिरीको जायज अडानका कारण वहाँलाई गम्भीर धम्कीहरू आउन थालेका कुराहरू पनि सञ्चार माध्यमहरूमा आउन थालेका छन् । यसरी जो कसैलाई पनि इमान्दारी र नैतिकतामाथिको चुनौतीस्वरूप भौतिक, मानसिक र शारीरिक यातना सामना गर्न परेमा त्यसबाट हुने कुनै पनि क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, तोरणबहादुर कार्की, कैलासनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्यले विज्ञप्ति जारी गरेर हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया