संसदीय समितिमा बालेन शाहकाे चर्चा, रवि लामिछानेमाथि प्रश्न

काठमाडौँ- सांसदहरूले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे कामकाे प्रशंसा गरेका छन् । स्थानीय सरकारकाे कामकाे प्रशंसा गर्दै संघीय सरकारले किन नगरेकाे भनेर सांसदहरूले प्रश्न समेत उठाएका छन् ।
कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबार केही नेपाल ऐन संशोधन विधेयकमा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल थियाे ।
छलफलमा सम्बन्धित मन्त्रालयकाे तर्फबाट मन्त्री र सचिव सहभागी थिए । स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकाले उक्त मन्त्रालयकाे कार्यवाहक जिम्मेवारी पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जवाफ दिन उपस्थित थिए ।
छलफलकाे विषय थियाे, न्याम्स र वीर अस्पताललाई अलग गरेर छुट्टै संरचना बनाउने । दुवैलाई अलग गरेर स्वायत्त बनाउने प्रस्तावसहित सरकारले संशोधन गर्न खाेजेकाे छ ।
संशोधनमा भाग लिँदै कांग्रेस सांसद जीवन परियारले न्याम्सबाट वीर अलग गर्न उपयुक्त हुने तर त्यसका लागि केही सर्तहरू निर्धारण गर्नुपर्ने बताए ।
त्यसपछि उनले संघीय सरकारमातहत रहेका सरकारी अस्पताल किन प्रभावकारी बन्न सकेनन् भनी प्रश्न उठाए ।
`काठमाडौँका मेयर बालेन शाहले गरिब निमुखालाई नि:शुल्क उपचार दिन्छु, पालिकाबाट सिफारिस गरेर ल्याउनु भन्छ, यति बेड खाली छ भन्छ । केन्द्रीय सरकार के हेरेर बसेकाे छ, यत्राे राज्य सञ्चालनकर्ता भएर किन सक्दैन ?´ कार्यवाहक स्वास्थमन्त्री लामिछानेलाई साेधे । उनले यसका लागि छुट्टै नीति बनाएर गरिब निमुखालाई सर्वसुलभ उपचार दिनुपर्नेमा जाेड दिए । सरकारी अस्पतालमा कालाेबजारी मौलाएकाे, गरिबले उपचार नपाएर आत्महत्या गरेकाे, खर्च नतिरी भाग्नुपरेकाे अवस्था सुनाउँदै रिजल्ट देखिने गरी अनुगमन गर्न माग गरे ।
सरकारले निजी अस्पताललाई त नीतिअनुसार सीमित प्रतिशत नि:शुल्क उपचारका लागि बाध्य बनाउनुपर्नेमा सरकारी नै भद्रगाेल भएकाे बताए । `अस्पतालले टास्नुपर्याे यति नि:शुल्क, यति पैसा लाग्ने भनेर,´ उनले भने, `संविधानमा नि:शुल्क स्वास्थ्य लेख्यौं तर कार्यान्वयन भएन ।´
सरकारी अस्पताललाई राज्यकाे नियमनमा राख्नुपर्ने उनकाे भनाइ छ ।
सांसद परियारले अन्तिममा भने, `न्याम्स र वीर अलग राखौं । न्याम्सलाई ५ वर्ष ताेकेर अर्काे अस्पताल नबन्दासम्म जाेडेर जानुपर्छ ।´
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारी अस्पतालकाे सेवा सुधार गर्न, गरिब निमुखाकाे आशाकाे केन्द्र बनाउन अनुराेध गरे ।
कार्यवाहक स्वास्थ्य मन्त्री लामिछानेले वीर अस्पताल मुलुककाे केन्द्रीय स्वास्थ्य प्रणालीमा महत्त्व अस्पताल भएकाले सेवा अब्बल बनाउन छुट्टै निकायमा रूपमा सञ्चालन गर्न खाेजिएकाे बताए । स्वास्थ्य प्रणाली जनमुखी बनाउने सरकारकाे प्राथमिकतामा रहेकाे उनकाे भनाइ छ ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया