बुधबार २७ चैत, २०८१
Wednesday, April 09, 2025

काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

फाइल तस्बिर

काठमाडौं - काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेका छ । 

प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले करिब ३५ वर्षका पुरुषको शव भेटिएको बताए । 

थापाले शव पहिचान हुन नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पठाइने जानकारी दिए । 

यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ ।