नेपालमा ‘इन्ड्राइभ’ को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौँ- राइड सेयरिङ एप ‘इन्ड्राइभ’ ले आधिकारिक रूपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रूपमा सेवा सुरु भएको जानकारी दिइन् ।
उनले भनिन्, 'हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिक रूपमा सेवा सुरु गरेका छौँ,' उनले भनिन् । उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन् । उनले राइडरहरूले सेवा उपयोग गरेवापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन् ।
कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा विस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।
इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रूपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताइन् । उनले भनिन्, 'हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।'

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया