गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर

काठमाडौँ- नेपाली कांग्रेसले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालबाट असंवैधानिक कार्य भएको ठहर गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखबाट संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत भएको असंवैधानिक कार्यप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली कांग्रेसको ठहर छ ।’
उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधानमाथिकै ठाडो प्रहार भएको भन्दै कांग्रेसले यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको बताएको छ । कांग्रेसले उक्त कार्यको घोर निन्दा र भर्त्सना पनि गरेको छ ।

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_KbEviNwJWq_13gyw3ndthe4erxnzbatwlmd2vxjktzpreuvs4pymknoxpp5cwbqahkfja6i.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

भेडी गोठाला भन्छन्- सरकारले न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

आजदेखि आयो पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा आयो

प्रतिक्रिया