गाजामा इजरायली आक्रमणको विरोधमा अमेरिकी विश्वविद्यालयमा प्रदर्शन

काठमाडौँ - गाजामा इजरायलले आक्रमणको विरोधमा अमेरिकी विश्वविद्यालय क्याम्पसमा प्रदर्शन गरेको आरोपमा थप सयौं विद्यार्थी पक्राउ परेका छन् ।
देशका धेरै विश्वविद्यालयहरूमा, विद्यार्थीहरू कक्षा कोठाबाट बाहिर निस्केर गाजामा इजरायलको सैन्य कारबाहीको विरोध गरिरहेका छन्। उनीहरु विभिन्न ठाउँमा धर्नामा पनि बसेका छन् ।
अमेरिकामा बीबीसीको सम्बद्ध समाचार च्यानल ‘सीबीएस’ले बोस्टन प्रहरीलाई उद्धृत गर्दै इमर्सन कलेजमा गएरातिदेखि १०८ जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ ।
यसअघि लस एन्जलसको युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियामा ९३ जनालाई पक्राउ गरिएको थियो ।
टेक्सासको अस्टिन नजिक पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । यस अवधिमा ३४ जना पक्राउ परेका छन् ।
गाजामा इजरायली कारबाहीको विरोध गरिरहेका मानिसहरूलाई कोलम्बिया, येल र न्यूयोर्क विश्वविद्यालयमा पनि पक्राउ गरिएको थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यी विरोध प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

गाजामा भएको इजरायली आक्रणमा १० जनाको मृत्यु

ट्रम्प र पुटिनबीच १५ अगस्टमा अलास्कामा भेटवार्ता हुने

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

एप्पलका सीईओ टिम कुकले ट्रम्पलाई दिए 'गोल्डेन ग्लास' उपहार

म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्त्येष्टीको अझै भएन टुंगो

प्रतिक्रिया