जर्मनीको आत्मघाती गोलबाट फ्रान्सको विजयी सुरुवात
काठमाडौँ : विश्व विजेता फ्रान्सले युरो २०२० च्याम्पियनशिपमा विजयी सुरुवात गरेको छ । मंगलबार राती भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले हराएको हो । तर यो जित फ्रान्सले गोल गरेर नभई जर्मनीको आत्मघाती गोलबाट सम्भव भएको हो ।
जर्मनीका म्याट्स ह्युमेल्सले आत्मघाती गोल गर्दा फ्रान्सको जित भएको हो । सन् २०१६ को उपविजेता फ्रान्सले विश्वकपमा उपाधि उचालेको थियो । यसपटक बलियो ठानिएको फ्रान्स उपाधि दाबेदार टिम हो ।
ग्रुप एफमा रहेको फ्रान्स र पोर्चुगलले गएरातीको जितबाट तीन तीन अंक बटुलेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल शीर्ष स्थानमा छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया