गृहमन्त्री लामीछानेले भनेः आफूविरुद्ध उजुरी परे राजीनामा दिन्छु
काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीका आफूविरुद्ध कुनै पनि मुद्दा या उजुरी नै नपरेको अवस्थामा संसदीय समिति बनाउन आवश्यक नै नरहेको बताएका छन्।
सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।
उनले सहकारीको रकम हिनामिनामा आफ्नोविरुद्ध कतै पनि मुद्दा दर्तासमेत नभएको भन्दै उजुरी हाल्नासाथ संसदीय समिति बनाउने भएमा राजीनामा दिन आफू तयार रहेको बताए । उनले अहिले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गरे।
सहकारी समस्या समाधानका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा सम्पर्कमा नरहेका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि बचतकर्ताको पैसा फिर्ता दिने निर्णय गरिसकेको बताए।
उनले आगामी संसद् बैठकमा सो निर्णयलाई प्रस्तावको रुपमा लैजाने तयारी रहेको पनि उल्लेख गरे । उनले देशमा धेरै बेथिति रहेको उल्लेख गर्दै अब त्यसलाई अन्त्य गर्न सबै दल मिल्नुपर्ने बताए ।
उनले सरकार सहकारीको समस्या समाधान गर्न कटिबद्ध रहेको पनि बताए । गृहमन्त्री लामिछानेले उजुरी गयो भन्दैमा संसद्मा हंगामा गर्न आवश्यक नरहेको पनि बताए।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया