गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको ना.५ख. २३६१ नम्बरको बोलेरो गाडीले गोरखा पालुनटार नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक बस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा थप उपचारको लागि सुमेरु अस्पताल ललितपुर रेफर भएपछि उनको उपचारकै क्रममा आज साँझ निधन भएको हो ।
प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष २३ का सागर माझी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया