अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

काठमाडौँ- अमेरिका पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो । अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए ।
प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिसा लगाई दिएका थिए । सोही भिसा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगि बन्धक बनाएका थिए ।
नक्कली भिसा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइ दिएको थियो । नेपाल आएका उनीहरूलाई चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएका थिए ।
प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगि बन्धक बनाएका थिए । उनीहरूलाई भारतीय नागरिक प्रयोग गरी सात दिनसम्म होटलमा राखेर बाहिर निस्कन रोक लगाएका थिए । त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए । त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया