मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

शाही मानहानीको आरोपमा थाई लोकतन्त्र समर्थकलाई कारागार सजाय

बैंकक - थाइल्याण्डको एक अदालतले बुधबार शाही मानहानीको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन वर्षको कारागार सजाय सुनाएको छ । 

सरकारले राजा महा वजिरालोङ्गकर्न तथा उनको परिवारको रक्षा गर्ने कठोर कानुन अन्तर्गत धेरै मानिसमाथि मुद्दा चलाएर असहमतिलाई दबाउन कठोर लेज–मेजेस्टे कानूनको प्रयोग गरेको आलोचकहरूले बताएका छन् । 

 सन् २०२० मा युवाहरूको नेतृत्वको प्रदर्शनका नेताहरूमध्ये २७ वर्षीय पनुपोङ जादनोक पनि एक थिए। राजतन्त्रमा सुधारका लागि अभूतपूर्व आह्वान गर्न हजारौं मानिस सडकमा उत्रिएका थिए । 

 थाई लयर्स फर ह्युमन राइट्सका एक प्रतिनिधिले उनलाई सन् २०२० मा राजासँग सम्बन्धित सामाजिक सञ्जाल पोस्टका लागि दोषी ठहर गरिएको बताए ।  “बैंककको आपराधिक अदालतले सुरुमा पनुपोङलाई चार वर्षको कारागार सजाय सुनाएको थियो तर पछि उहाँको उपयोगी साक्षीका लागि त्यसलाई घटाएर तीन वर्षमा झारियो ।”

पनुपोङले राज्यको कठोर लेज–मेजेस्टे कानुनअन्तर्गत थप आठ आरोपको सामना गर्नुपरेको छ । दोषी प्रमाणित भए उनलाई प्रतिआरोपमा १५ वर्षसम्मको कारागार सजाय हुनसक्छ ।

हालैका वर्षहरूमा लेज मेजेस्टे कानूनअन्तर्गत आरोप लगाइएका एक सय ५० भन्दा बढी कार्यकर्तामध्ये पनुपोङ पनि एक हुन् । लेज मेजेस्टेलाई फौजदारी संहिताको प्रासङ्गिक खण्डपछि ‘११२’ भनिन्छ ।
रासस