वर्तमान सरकार निरन्तर अगाडि बढ्ने : अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन् । उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए ।
रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रुपमा सवल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरि सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । त्यस्तै उनले नारायणहिटीलाई इतिहासलाई झल्काउने गरि संग्रहालयको रुपमा थप विकसित गर्नुपर्ने र त्यहाँले रहेका सरकारलाई कार्यालयलाई हटाउनुपर्ने बताए ।
उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया