इतिहासमा आज

काठमाडौँ- आज बैशाख २८ गते अर्थात मे १० । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
सन् १७७५ मे १० मा इथान एलन र उनको ग्रीन माउन्टेनहरूले कर्नल बेनेडिक्ट अर्नोल्डसँग मिलेर टिकोन्डेरोगा न्यूयोर्कमा ब्रिटिश नियन्त्रित किल्ला कब्जा गरेका थिए ।
सन् १९१७ मे १० मा १७ वर्ष लामो निर्वासनपछि रुसी नेता भ्लादिमिर लेनिन स्वदेश फिर्ता भएका थिए । कम्युनिस्ट क्रान्तिकारी नेता लेनिन अर्को वर्ष रुसी सोभियत संघीय समाजवादी गणतन्त्र (एसएफएसआर) को नेता बनेका थिए ।
सन् १९४० मे १० मा दोस्रो विश्वयुद्धको समयमा जर्मन सेनाहरूले नेदरल्याण्ड, लक्जमबर्ग, बेल्जियम र फ्रान्समा आक्रमण गर्न थाले । त्यही दिन बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलेनले राजीनामा दिएका थिए । र, विन्स्टन चर्चिलले नयाँ सरकार गठन गरे ।
सन् १९४१ मे १० मा एडोल्फ हिटलरका डिप्टी, रुडोल्फ हेसले स्कटल्याण्डमा प्यारासुट गरे जुन उनले शान्ति मिसन भएको दाबी गरेका थिए ।
सन् २००३ मे १० मा १० नयाँ सदस्य राष्ट्र युरोपेली संघमा प्रवेश गरेका थिए । ट्रिटी अफ एक्सेसनअन्तर्गत पोल्यान्ड, साइप्रस र चेक गणतन्त्रलगायत देश इयूमा सामेल भएका थिए ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया