राष्ट्रिय सभा बैठक सुरु, प्रतिनिधिसभाको अझै सुरु भएन

काठमाडौँ - संघीय संसद्को बर्खे अधिवेशन आजदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ ।
संघीय संसद्मध्ये राष्ट्रियसभाको आजको बैठक सुरु भइसकेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन विलम्ब भएको छ । दुवै सभाको बैठक आज अपरान्ह २ बजेका लागि आव्हान गरिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
राष्ट्रियसभाको बैठक आरम्भ गर्दै अध्यक्ष नारायण दाहालले अधिवेशनलाई प्रभावकारी र रचनात्मक बनाउन आग्रह गर्दै सदनमा उठेका विषयमा उत्तरदायी हुन सरकारका सम्बन्धित मन्त्रीलाई स्मरण गराए ।
उनले प्रतिनिधिसभामा विचारधीन रहेका विधेयक र गैह्रसरकारी विधेयसमेतमा छलफल भई राष्ट्रियसभामा फिर्ताको वातावरण बनाउन आग्रह गरे । बैठकको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका तर्फबाट बोल्ने क्रम जारी छ ।

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया