संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन- कांग्रेस

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् । उनले संसदीय समिति गठन नगरेसम्म संसदको कुनैपनि कारवाही अगाडि बढाउन नदिने घोषणा गरेका छन् ।
संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफूहरुको एक मात्र विषय भएको बताए ।
उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाए ।
महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउँदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसदमा आएको बताए ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया