अब पार्टी फुट्ने पालो माओवादी केन्द्रको - उपेन्द्र यादव

काठमाडौँ - जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।
रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अव फुटको सिकार माओवादी नै हुने बताएका हुन् ।
पार्टी फुटाउने नेताहरूलाई मागेजति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरूको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरे । पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ ।
नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले बताए । उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया