अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण गर्दैन - महानिरीक्षक कुँवर

काठमाडौँ - नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले व्यावसायिक शून्य सहनशिलतामा साथ काम गर्न निर्देशन दिँदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हुन् ।
उनले संगठनमा केही आशलाग्दा व्यक्तिहरूसमेत रहेको भन्दै उनीहरुको सिको सिकेर सकल दर्जाका प्रहरीलाई अघि बढ्न आग्रह गरे । संगठनलाई व्यावसायिक, मर्यादित र जनमुखी बनाएर काम गर्नुपर्ने समेत उनले निर्देशन दिए ।
महानिरीक्षक कुँवरले प्रहरीले आफ्नो आचरण, बोली व्यवहारलाई संगठनको मर्यादा अनुसार कायम गर्दै सेवामुखी भावका साथ काम गर्नु पर्ने बताउँदै कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष कार्य गर्न समेत निर्देशन दिए ।
कार्यक्रममा ८० बर्ष उमेर माथिका जेष्ठ नेपाल प्रहरीका पूर्व कर्मचारी, तथा जिल्ला प्रहरी कार्यालयका विभिन्न काममा सहयोग गर्ने व्यक्ति लगायतलाई सम्मान गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

मुस्ताङको घरपझोङले ‘वातावरण र जलवायु’ सम्मेलन गर्ने

मौलापुर नगरसभावाट ६१ करोडको बजेट पारित, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रि…

प्रतिक्रिया