कतारबाट फर्केका लिम्बु सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ- सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारबाट फर्केका एक युवा पक्राउ परेका छन् । सुनसरी धरान उपमहानरपालिका- ५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
लिम्बुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । ब्रासलेट १ थान, औठी १ थान र मोबाइल १ थान सहित पक्राउ परेका हुन् ।
उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले यस कार्यालयबाट खटिएका टोलीले पक्राउ गरेको जानकारी दिए । उनका अनुसार लिम्बु हाल काठमाडौँ महानगरपालिका ७ चावहिलमा बस्ने गर्दथे ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया