आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैनः सांसद शर्मा

फाइल फाेटाे

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उनले बजेट पहुँचका आधारमा नभई आवश्यकतालाई हेरेर विनियोजन हुनुपर्ने बताए । “विगतमा पहुँचका आधारमा बजेट विनियोजन हुन्छ भन्ने धारणा छ, आगामी आवको बजेटमा त्यस्तो संकेत नदेखियोस्”, सांसद शर्माले भने, “कार्यान्वयनमुखी आयोजनालाई प्राथमिकता दिनुपर्छ । 

राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने गरी बजेट बनाइनुपर्छ । राष्ट्रिय तथा क्षेत्रगत नीतिसँग पनि सम्बन्धित भएकाले बजेट पहुँच र शक्तिका आधारमा विनियोजन गरिनुहुन्न ।”

स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सामाजिक सेवामा बजेट केन्द्रित गरिनुपर्छ भन्दै उहाँले संविधान अनुरूप समावेशी, संघीयता, लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि बजेटलाई केन्द्रित गरिनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रण र राज्यका हरेक निकायमा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम हुनुपर्ने उनको भनाइ छ ।

 सरकारले बजेट र नीति कार्यक्रमबारे समयमै छलफलको थालनी गर्नु सकारात्मक पक्षको सुरुवात भएको भएको उल्लेख गर्दै उनले मुलुकमा लगानी सम्मेलन सम्पन्न, राजश्व संकलन प्रभावकारी भइरहेकाले अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

 सांसद शर्माले राष्ट्रिय सभा मेलमिलाप र सहकार्यको थलोका रुपमा स्थापित भएको भन्दै यसलाई सोही अनुरूप निरन्तरता दिइनुपर्ने खाँचो औंल्याए । उनले राष्ट्रिय सभालाई फरक ढङ्गले परिचालन गर्न सबै नेताहरु गम्भीर भएर लाग्नुपर्ने खाँचो औंल्याए । संक्रमणकालीन न्याय व्यक्तिको विषय मात्र नभई राष्ट्रको साझा मुद्दा भएकाले यसलाई निचोडमा पुर्‍याउन जरुरी भएको उल्लेख गरे । 

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…