रवि लामिछानेको गगन थापालाई चुनौती - ऋण मागेको प्रमाण दिए राजनीति छाड्छु

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै ऋण मागेको प्रमाण गगन थापाले दिए आफूले राजनीति छाड्ने बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूमाथि गगन थापाले लगाएको आरोपको प्रमाण दिए आफूले राजनीति छाड्ने र प्रमाणित गर्न नसके गगन थापाले राजनीति छाड्न चुनौती दिए ।
आफूमाथिको आरोप प्रमाणित भए राजनीति छाड्न तयार रहेको अवस्थामा संसदीय समिति गठन सामान्य कुरा भएको उनले बताए । उनले मिडिया ट्रायलमा भरमा आफूमाथि कांग्रेसले एकोहोरो खेदो गरेको बताए । लामिछानेले आफूले एकपटक सदनमा बोल्न पाउनुपर्ने र सबै कुरा जनताले थाहा पाउनुपर्ने धारणा राखे ।
यता नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी कांग्रेसको रहेको बताए । संसदीय समितिमार्फत कांग्रेसको दाबी झुटो भए आफू राजनीति छाड्न तयार रहेको उनले बताए ।
थापाले संसदीय छानबिन समितिबाट सरकार भागेको आरोप लगाए । उनले राज्यको निकाय परिचालन गरेर कांग्रेसले लगाएको आरोपको ढाकछोप गर्ने काम भएको धारणा राखे । संसदमा कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेकाले विरोध जनाएको उनको भनाइ छ ।
महामन्त्री थापाले गृह मन्त्रालयले सबै प्रमाण लुकाउने काम गरिसकेको आरोप पनि लगाए ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया