स्कूल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ- नुवाकोटमा स्कूल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलकोटगढी नगरपालिका- ८ शिरखालीमा स्कूल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कूल बस र सोही दिशामा जाँदैको बागमती प्रदेश ०२-०४६प १५२९ र बागमती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल ठोक्दिँदा काठमाडौँ बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको नुवाकोट प्रहरी सञ्चार शाखाले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मधेस बालिका सम्मेलन–२०८२ सुरु

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

जै घाँस लगाउने किसानलाई प्रोत्साहन

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

प्रतिक्रिया