राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीत विपरीत अभिव्यक्ति दिनु निन्दनीय : अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीतका विपरीत अभिव्यक्ति दिनु निन्दनीय भएको बताएका छन् ।
शनिबार काठमाडौंको टोखामा नेपाल बुद्धिजीवी परिषदको राष्ट्रिय परिषद् भेला उद्घाटन गर्दै ओलीले एक सय रुपैयाँमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयका विषयमा राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका हुन् ।
उनले नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीतका विपरीत अभिव्यक्ति दिनु गम्भीर बिषय भएको समेत बताए । नेपालले आफ्नो निर्णय गर्दा अर्को देशलाई टाउको दुख्ने र नेपाललाई हेप्ने कुरा स्वीकार्य नभएको उनको भनाइ छ ।
ओलीले देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालय देशको अहित कुरा गर्नेहरूको गुँड लगाउने ठाउँ नभएको जिकिर गरे । उनले नेपालीको देशभक्तिलाई चुनौती दिने अधिकार कसैलाई पनि नभएको धारणा राखे ।

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया