मुलुकमा भएको परिवर्तनको रक्षाका लागि राज्यका सबै निकायको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकमा भएको परिवर्तनको रक्षाका लागि राज्यका सबै निकायका साथै नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
फोकस नेपाल नामक संस्थाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले १० वर्षे सशस्त्र आन्दोलन देखि विभिन्न आन्दोलनबाट मुलुकमा राजनीतिक, सांस्कृतिक रुपान्तरण सम्भव भएको भन्दै मुलुकमा भएका परिवर्तनका लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनले राजनीतिक अस्थिरताका साथै आर्थिक असमानताका कारण समृद्धिको बाटोतर्फ अघि बढ्न चुनौती देखिएको धारणा राखे । मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष दाहालले विकृति, विसंगतिलाई अन्त्य गर्दै समाज रुपान्तरणका लागि सामाजिक संस्थाहरू क्रियाशील हुनुपर्ने बताए ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया