समाजवादीको स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेजहरु प्रस्तुत

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेजहरू प्रस्तुत गरिएको छ ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको बैठकमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गरेका थिए ।
त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारुप प्रस्ताव प्रस्तुत गरेको नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकमा पार्टी अध्यक्ष र महासचिवले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । स्थायी कमिटी बैठकमा साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए ।
अन्य सदस्यहरूले आइतबारको बैठकमा धारणा राख्ने र आइतबार नै स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए । उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे । संसदमा कांग्रेसले उठाएका विषय जायज भएको भन्दै प्रवक्ता खतिवडाले संसदको अवरोध हटाउनका लागि सरकार र सभामुख गम्भीर हुनुपर्ने बताए ।
स्थायी कमिटी बैठक लम्बिएपछि पोलिटब्युरो बैठक वैशाख ३१ र जेष्ठ १ गते तथा केन्द्रीय कमिटी बैठक जेठ २ गतेबाट बस्ने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया