टोलटोलमा सरकार भेटिने बनाउन टोलहरूलाई सक्रिय बनाउँदै वडा नं. १५

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको वडा नं. १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउन कार्यक्रम थालेको छ । स्थानीय आवश्यकता पूरा गराउन समाज स्तरमै सम्पादन गर्न सकिने काममा टोलबासीको सक्रियता बढाएर नागरिकको आँगनमा सरकार पुर्याउने वडाको योजना हो ।
योजनाको पहिलो चरणमा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरूका लागि अभिमुखीकरण थालेको छ । यस क्रममा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरूलाई वडाबाट संकलन गरिने राजस्व, प्रवाह हुने सेवाका कानुनी तथा प्रशासनिक पक्षमा जानकारी दिइएको हो ।
स्थानीय विकासका लागि योजना, बजेट तथा कार्यक्रम माग गर्ने, माग गरिएको कार्यक्रम गर्ने प्रक्रिया, स्वीकृत कार्यक्रम कार्यान्वयनका चरण, कार्य सम्पन्न हुने चरण, यसपछि भुक्तानीको प्रक्रियासँग सम्बन्धित कानुनी व्यवस्था र प्रशासनिक प्रक्रियाका बारेमा जानकारी गराइएको छ । संस्थासँग सम्बन्धित कागजात, कामसँग सम्बन्धित कागजातसँगै सम्पन्न कामको दिगो उपयोगका विषयमा कार्यक्रममा समेटिएका थिए ।
जनगणना ५२ हजार ६६८ जना जनसंख्या रहेको वडामा १४ हजार ८१ परिवार संख्या छ । औसत परिवार संख्या ३.४७ हो ।
कार्यक्रममा वडाध्यक्ष ईश्वरमान डंगोलले भने, ‘वडा र टोलको सम्बन्ध छुट्याएर हेर्न सकिँदैन । यसकारण हामी वडामा आएको सरकारलाई टोलमा अनुभूत गराउने कार्यमा लागेका छौँ । जनताले चाहेका धेरै कामहरू टोलकै सक्रियता सम्पन्न गर्न सकिन्छ । यसका लागि वडामा पनि पुग्नु पर्दैन ।’ यसका लागि टोललाई जिम्मेवार हुने संयन्त्र निर्माण गर्न सकिने उनले बताए ।
कार्यक्रममा सामाजिक सुरक्षा र घटना दर्ताका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षामा आबद्धता र नवीकरणमा नागरिक आफैं सचेत हुने हो भने प्रशासनिक तथा व्यवस्थापकीय खर्च स्वतः कम हुने बताए । सामाजिक सुरक्षाका लागि अहिले उमेरलाई आधार मानिएको छ ।
उनले उमेरमा आधारित सामाजिक सुरक्षाका सूचक गरिबी परिचय पत्र वितरणपछि यसैमा आबद्ध हुन सक्ने सम्भावना देखाए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया