व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयोः अध्यक्ष यादव

जनकपुरधाम - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकिर गरेका छन् ।
मधेस स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उनले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाए ।
विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उनले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असर नपर्ने दाबीसमेत गरे ।
आफू बाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उनले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उनको भनाइ थियो ।
आयोजक संस्थाका अध्यक्ष सचितानन्द जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणराज्यमन्त्री दीपककुमार कार्की, मधेस प्रदेशका समाज कल्याण तथा खेलकुदमन्त्री सुरिता साह र मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवलगायतले आफ्नो धारणा राखेका थिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया