इन्टर मियामीको कमब्याक जित

काठमाडौँ- अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले अर्को जित हासिल गरेको छ ।
आइतबार बिहान भएको खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० गोलले पछि परेको इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।
इन्टर मियामीको जितमा माटिस रोजास, लुइस स्वरेज र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए ।
यसअघि मोन्टरियलका लागि ब्रेस डुक र जुलेज एन्थोनी भिलसान्टले एक एक गोल गरेका थिए ।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १३ खेलमा २७ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी मोन्टरियलको भने ११ खेलमा १२ अंक रहेको छ र १२औं स्थानमा छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया