म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधिनजिक

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेको छ ।
शनिबार राति सम्पन्न खेलमा फुलहमलाई ४-० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी उपाधिनजिक पुगेको हो ।
फुलहमविरुद्ध म्यानचेस्टर सिटीलाई जित दिलाउन जोस्को भार्डियोलाले २ तथा फिल फोडेन र जुलियन अल्भारेजले एक-एक गोल गरे ।
जितसँगै म्यानचेस्टर सिटीले ३६ खेलबाट ८५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । यता दोस्रो स्थानको आर्सनलले ३६ खेलबाट ८३ अंक जोडेको छ ।
लिगमा म्यानचेस्टर सिटी र आर्सनलले समान २-२ खेल खेल्न बाँकी छ । अहिलेको अवस्थामा भने म्यानचेस्टर सिटीले २ अंकको अग्रता लिएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया