सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

सुदन किरातीको माग - पशुपतिका विषयमा ममाथि छानबिन होस्

काठमाडौँ - पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूमाथि छानबिनको माग गरेका छन् । किरातीले छानबिनको माग गर्दै मन्त्री हितमान तामाङलाई आइतबार पत्र बुझाएका छन्।

पशुपतिमा विद्युतीय उपकरणद्वारा नि:शुल्क शव दहन गर्ने कार्यक्रम आफू मन्त्री हुँदा अघि बढाइएको उल्लेख गर्दै उनले सोबारे सञ्चारमाध्यमहरूमा आफूमाथि आरोपसहित रिपोर्ट आएकोले छानबिन गर्न किरातीले माग गरेका छन्।

‘समाचार प्रशारित गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको छ, उठाइएका विषय छानबिन गर्न समिति गठन गरी दूधको दूध पानीको पानी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरिदिनुहुन माग गर्दछु,’ मन्त्री तामाङलाई  बुझाएको पत्रमा भनिएको छ ।