म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको खेल आज राति

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको खेल आज राति हुँदैछ ।
दोस्रो स्थानमा रहेको आर्सनल र आठौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडबीचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
म्यानचेस्टर युनाइटेडविरुद्ध मैदानमा उत्रँदा आर्सनलको एउटै उदेश्य भनेको जित हात पार्ने र तालिको शीर्ष स्थानमा उक्लिने हुनेछ ।
आर्सनलले ३६ खेलबाट ८३ अंक जोडेको छ । यता शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक छ । आज रातिको खेलमा जित हात पारे आर्सनल ८६ अंकसहित शीर्ष स्थानमा उक्लिने छ ।
यता ३५ खेल खेलेको म्यानचेस्टर युनाइटेडको ५४ अंक छ । आज रातिको खेलमा जित हात पारे पनि म्यानचेस्टर युनाइटेडले आठौं स्थानमै रहनेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया