संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्छौँ - प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् ।
आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्ने गरि समिति बनाउन कांग्रेससँग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे ।
उनले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दावी गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले जिबि राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे ।
कानुनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । उनले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने जानकारी दिए ।
प्रधानमन्त्रीले प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताए । त्यस्तै उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफूलाई र आफूले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको धारणा राखे ।

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

प्रतिक्रिया