मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा - नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।
मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।
यसअघि आजै माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिँदै सरकार छोडेको घोषणा गरेका थिए ।
मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन् । एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ ।

बारामा चट्याङले आगलागी, २० लाखको कुखुरा फार्म ध्वस्त

गाँजा र चरेससहित पर्साबाट चार जना पक्राउ

लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन

ससुरालाई बुवा बनाएर भारतीय नागरिकले लिए नेपाली नागरिकता

मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गर्ने नेपाली भारतमा पक्राउ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार रूपैयाँ दिइने

प्रतिक्रिया