मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल सुरु

काठमाडौँ - मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल सुरु भएको छ ।
मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।
सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल सुरु भएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९-९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

महिलामैत्री छैन सिरहाको कारागार

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

सप्तरीमा सर्पदंशबाट राईको मृत्यु

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

प्रतिक्रिया