सिनामंगलमा मेलम्चीको पानीको पाइप फुट्दा चार दिनदेखि सडक ठप्प [फोटो/भिडियो]

काठमाडौँ - मेलम्चीको पानी काठमाडौँ आएपनि नागरिकले सहज रुपमा उपभोग गर्न पाएका छैनन् । कहिले मेलम्चीको मुहानमा पहिरो गएर पानी काठमाडौँ आउनै अवरोध हुन्छ त कहिले काठमाडौँमा बिछ्याइएका पाइपहरू फुटेर पानी सर्वसाधारणको घरमा पुग्दैन ।
हिउँदमा मात्रै पानी आउने मेलम्चीको पाइप पछिल्लो समय विभिन्न ठाउँमा फुट्ने गरेको छ । जसका कारण सर्वसाधारणले पानी नपाउने त छँदै छ पाइप फुटेका स्थानका सर्वसाधारणले पनि विभिन्न समस्याहरू भोग्नु परिरहेको छ ।
विगत चार दिनदेखि काठमाडौँको सिनामंगलको भत्केपुल नजिकै मेलम्ची खानेपानीको पाइप फुटेर सडक नै बन्द भएको छ । सडक नै भासिएर खानेपानीको पाइपमा क्षति भएपछि मर्मतका लागि चार दिनदेखि सडक ठप्प भएको हो ।
बन्द सडकका कारण यात्रीहरूले सास्ती व्यहोर्नु परिरहेको छ । सोही रुट हुँदै यात्रा गर्ने झरना घिमिरेले चार दिनदेखि बाटो बन्द भएका कारण सास्ती भएको गुनासो गरिन् । 'सधैं यहीँ रुट हुँदै अफिस जाने गर्थे' उनले भनिन्' 'चार दिनदेखि बाटो अवरुद्ध हुँदा सिनामंगल गौशाला बत्तीसपुतली हुँदै अफिस पुग्ने गर्छु ।' जामले पनि त्यतिकै गाह्रो बनाएको उनले बताइन् ।
स्थानीयवासी रामनाथ लामाले मेलम्चीकाे खानेपनी बिछ्याइएको स्थानहरूमा सडक भासिन थालेकाले धेरै चिन्ता लाग्ने गरेको बताए । 'कुन दिन हाम्रो घर नै भासिने हो कि भन्ने चिन्ता भयो', उनले भने ।
एक महिनाको बीचमा सोही सडकखण्डको ७ सय मिटर पश्चिममा मेलम्ची खानेपानीको पाइप फुटेको थियो । केही समयअघि मैतीदेवीमा पनि बिजुलीको तार अन्डरग्राउण्ड गर्ने क्रममा खन्दा मेलम्चीको पाइप फुटेको थियो ।
पाइप फुटेपनि समयमै मर्मत नगर्दा स्थानीय र यात्रुहरूले दुख पाएका छन् । काठमाडौँ-९ का वडा सदस्य श्रीराम राईले पाइप फुटेको र मर्मतको काम भइरहेको बताए । 'हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरूसँग कुरा गरेका छौँ ' उनले भने, 'केही दिनमा मर्मतको काम सकिन्छ ।'
यता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सूचना अधिकारी रमेश केसीले भने यसबारे आफूलाई केही थाहा नभएको बताए । उनले आयोजना कार्यान्वयन निर्देशनालयले नै सबै काम हेरिरहेकाले आफूहरूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
हेर्नुहाेस् भिडियो

सुनको मूल्य घट्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बेजोड स्टाइल र अद्वितीय फिचरले भरिएको दिपल इभिमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–ब…

क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो

सुनको मूल्य बढ्यो
'प्रोजेक्ट बैंक’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया