भोटेकोसीमा ५० जनाले लिए कफी बनाउने तालिम

सिन्धुपाल्चोक - भोटेकोसी गाउँपालिकाले पालिका भित्रका ५० जनालाई युवा लक्षित सीपमूलक तालिम दिएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका बेरोजगार युवा युवतीलाई कफी बनाउने बारिस्ता तालिम दिएको हो।
पालिकाले नीति तथा कार्यक्रममा बेरोजगारहरूलाई सीप सिकाउने उद्देश्यले सीपमूलक तालिम दिने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ। वैदेशिक रोजगार जाँदा समेत सीप नहुँदा समस्या पर्ने युवाहरूको लागि बारिस्ता कफी बनाउने तालिमले सहज हुनेछ।
पछिल्लो समय युवाहरू बेरोजगार हुँदै गएको र उनीहरुसँग सामान्य सीप समेत नहुँदा बेरोजगार बढ्दै जाने अबस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले कफी बनाउने इन्टर मिडियड बारिस्ता कफी ट्रेनिङ गरेको भोटेकोसी गाउँपालिकाले जनाएको छ।
पालिकाले पछिल्लो समय महिलाहरूको लागि ब्युटिसियन, ड्राइभिङ, ढाका बुन्ने, जस्ता सीपमूलक सीप सिकाएर स्थानीय स्तरमा नै आत्मनिर्भर बनाउन लागि परेको भोटेकोसी गाउँपालिकाका उपाध्यक्ष दिच्छेन शेर्पाले बताइन् ।
उपाध्यक्ष शेर्पा भन्छिन्, हामीले गाउँघरमा रहेका बेरोजगार युवायुवती तथा काम गर्न सक्ने उमेर समूहका बा आमाहरू र एकल महिलालाई समेत आत्मनिर्भर हुने खालको सीपमूलक तालिम दिइँदै आएको शेर्पाको भनाइ छ।
अहिले भोटेकोसीमा सीपमूलक तालिम लिन आउने महिलाहरूको सङ्ख्या वृद्धि हुन थालेको छ। गाउँघरमा बसेर सिकेको सीपमूलक प्रयोग गरेर कतिपय स्थानीयले व्यावसायिक सुरु गरेका छन्। बारिस्ता तालिम लिएका युवा भन्छन्, 'हामीलाई सामान्य ज्ञान समेत थिएन यो २५ दिने तालिमबाट हामीले धेरै कुराको ज्ञान लिने मौका पायौं त्यसैले अब पालिकाले सिकाएको सीपलाई कतै प्रयोग गर्छौ।'
पालिकाले युवा लक्षित सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया