तरकारी र क्रेटको पनि कवाडीको नाममा कर असुल्दै ललितपुर महानगर [भिडियोसहित]
व्यवसायी भन्छन्- क्रेट नै नहेरी सानो गाडीको पाँच सय र ठूलो गाडीको १ हजार असुल्छन्

काठमाडौँ- ललितपुर महानगरपालिकाले तरकारी र तरकारी राख्ने क्रेटको कवाडी कर संकलन गरिरहेको पाइएको छ । ललितपुर महानगरको बल्खुमा रहेको कर संकलन केन्द्रबाट तरकारी र तरकारी पुर्याएर आएका क्रेटको कर लिएको हो ।
कवाडी निकासी कर संकलन गरिरहेको इन्द्रेणी हार्डवेयर तथा स्यानीटरीवेयरले तरकारी पुर्याएर फर्केकासँग कवाडी कर लिइरहेको तरकारी व्यापारीले गुनासो गरेका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा तरकारी पुर्याएर फर्केका क्रेटको कर लिएको एक व्यापारीले गुनासो गरे । 'तरकारी पुर्याएर आएको क्रेटलाई कवाडी मानेर कर मनलाग्दी लिएका छन्', ती व्यापारीले इकागजसँग भने, 'तरकारी दिनहुँ ठाउँ-ठाउँमा पुर्याउन जानुपर्छ कति कर तिर्ने ? क्रेट नै नहेरी सानो गाडीको पाँच सय र ठूलो गाडीको १ हजार लिएर अन्दाजी भन्दै कर असुल्छन् ।'
ललितपुर महानगरले एउटा क्रेट बापत २ रुपैयाँ र १३ प्रतिशत भ्याटसहित कर संकलन गरेको उनले जानकारी दिए ।
'एउटा क्रेटको दुई रुपैयाँको दरले ५ सय वटा क्रेटको १ हजार रुपैयाँ र त्यसमा १३ प्रतिशत भ्याट जोडेर १ हजार ३ सय ३० रुपैयाँ तिरेको छु', उनले भने ।
'क्रेटलाई कवाडी देख्ने यो कस्तो राज्य हो', उनले आक्रोशित हुँदै प्रश्न गरे 'तरकारी पुर्याएर क्रेट लिएर फर्किँदा दिनहुँ कवाडी हुन्छ त ?' यस घटनाबारे बारम्बार ललितपुर महगरपालिकामा खबर गरेको उनले जानकारी दिए । 'पैसा तिर्न पर्दैन मात्रै भन्नुहुन्छ तर यहाँ कर लिन भने छाड्दैनन्', उनले गुनासो गरे ।
ललितपुर महानगरपालिकाले जनगुनासो आएकाले अबबाट क्रेटको कवाडी कर नलिने बताएको थियो । महानगरका सूचना अधिकारी राजु महर्जनले कर नलिन पत्र पठाउने तयारी रहेको बताएका थिए । महर्जनले धेरै जनगुनासो आएको बताए । एक महिनाअघि नै महर्जनले छिट्टै पत्र काटेर कर नलिने बताए पनि अझै कार्यान्वयन आएको छैन ।

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया