म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौँ- आर्सनल फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गर्दै आर्सनल फेरि लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
आइतबार रातिको खेलमा आर्सनललाई जित दिलाउन लियान्द्रो ट्रोसार्डले २० औँ मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै आर्सनलले ३७ खेलबाट ८६ अंक जोडेको छ । यता दोस्रो स्थानमा झरेको साविक विजेता म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक छ । सिटीले एक खेल खेल्न बाँकी छ ।
आर्सनलले अन्तिम खेलमा एभर्टनको सामना गर्ने तालिका रहेको छ । यता सिटीले भने ३७ औँ खेल टोटेनहम तथा अन्तिम खेल वेस्टहम युनाइटेडविरुद्ध खेल्ने तालिका रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया